बारा : अतिक्रमित नेपाली भूमि समेटेर प्रकाशित गरिएको नेपालको नयाँ नक्साप्रति समर्थन जनाउँदै बारामा दीप प्रज्वलन गरिएको छ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निजगढ नगर कमिटीको आयोजनामा पार्टी कार्यालय अगाडि सामाजिक दूरी कायम गरिँदै नेता तथा कार्यकतासहित सर्वसाधारण सहभागी भएका थिए।
सहभागीले नेपालको नयाँ नक्सालाई ब्यानर बनाएर नेपालको झण्डा बोकेर दीप प्रज्वलन गरेका थिए। उनीहरुले भारतीय मिचाहा प्रवृत्ति र भारतीय मिडियाको भूमिकाको विरोधमा प्लेकार्डसमेत बोकेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।