|

सुर्खेत : कर्णाली प्रदेश सरकारले भारतबाट आउने नेपालीलाई सीमा नाकामै परीक्षण गर्नुपर्ने माग गरेको छ। उसले संघीय सरकारसँग यस्तो माग गरेको हो।

शुक्रबार बसेको प्रदेश विपद् व्यवस्थापन समितिले भारतबाट आउने नेपालीलाई सीमा नाकामै परीक्षण गरी संक्रमण नदेखिएकालाई मात्र भित्र्याउन केन्द्रीय विपद् व्यवस्थापन समिति(सिसिएमसी) र नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो।

प्रदेश विपद् व्यवस्थापन समिति बैठकले गरेका ११ वटा निर्णय गरेको छ।भारतबाट आउने व्यक्ति बिनापरीक्षण प्रदेश प्रवेश गरेको अवस्थामा प्रदेश प्रवेश विन्दुमै आवश्यक स्वास्थ्य परीक्षण गरिने, आवश्यक मनोसामाजिक परामर्श प्रदान गर्ने र सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा राखेपछि तोकिएको समयपछि पिसिआर परीक्षण गरिने छ। 

यस्तै प्रदेश प्रवेश गर्ने भारतबाट र स्वदेशकै जोखिमयुक्त क्षेत्रबाट आएका व्यक्तिहरुको सम्पूर्ण विवरण अद्यावधिक गरिने। तिनीहरुको उद्धार तथा यातायात व्यवस्थासहित सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा पु¥याउने व्यवस्था आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गर्ने छ। 

अत्यावश्यक अवस्थामा नेपाल–भारत सीमाबाट उद्धार व्यवस्थासमेत मिलाउने पनि निर्णय भएको सरकारका प्रवक्ता तथा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन्।

जिल्ला र स्थानीय तहमा स्थापित क्वारेन्टाइन अनुगमन गरी आवश्यक सुधार र सुरक्षा व्यवस्था मिलाउन जिल्ला सुरक्षा निकायहरु समेतसंग समन्वय पनि गरिने निर्णय भएको छ। स्थानीय तहमा एकिकृत क्वारेन्टाइन स्थापनाका लागि जिल्ला र स्थानीय तहलाई आग्रह गर्ने गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको छ।

विकास निर्माणका कार्यलाई निरन्तरता दिइनेलगायत निर्णय भएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.