अमेरिकामा ४ लाख बढी मानिस उपचारपछि निकाे भए

|

काठमाडाैं : शनिबारसम्म विश्वभर कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ५३ लाख ४० हजार १ सय ९२ पुगेको छ । यसबाट विश्वभर तीन लाख ४० हजार ७ सय ३५ व्यक्तिको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठन तथा सम्बन्धित मुलुकका आधिकारिक संस्था तथा स्वास्थ्य मन्त्रालयले दिएको तथ्या‌कमा आधारित एएफपीको रिपोर्टअनुसार २१ लाख ७८ हजार ८ सय ६२ सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

विश्वकै सबैभन्दा बढी सङ्क्रमित रहेको संयुक्त राज्य अमेरिकामा १६ लाख ४८ हजार २ सय ८३ छन् भने ९७ हजार ७ सय ३२ सङ्क्रमितको मृत्यु भएको छ। अमेरिकामा चार लाख भन्दा बढी व्यक्ति निको भएर घर फर्किएका छन्। त्यसैगरी बेलायतमा दुई लाख ५४ हजार १ सय ९५ सङ्क्रमित छन्। बेलायतमा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ३६ हजार ३ सय ९३ रहेको छ । 

इटलीमा दुई लाख २८हजार ६ सय ५८ सङ्क्रमित भएका छन् भने ३२ हजार ६ सय १६ व्यक्तिको सङ्क्रमणपछि मृत्यु भएको छ । स्पेनमा दुई लाख ८१ हजार ९ सय ४ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २८ हजार ६२८ सङ्क्रमितको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा तीन लाख ३४ हजार ७ सय ७७ सङ्क्रमित भएका छन् भने यहाँ २१ हजार २१५ को मृत्यु भएको छ। फ्रान्समा सङ्क्रमितको सङ्ख्या एक लाख ८२ हजार २ सय १९ छ भने २८ हजार २ सय ८९ को मृत्यु भएको छ ।

यी मुलुकबाहेकका मुलुकहरू जर्मनी, रूस, भारत, पाकिस्तान, इरान, टर्की, पेरूलगायत करिब एक दर्जन मुलुकमा सङ्क्रमितको सङ्ख्या उल्लेख्य रहेको भए पनि मृत्युदर अमेरिका, बेलायत, फ्रान्स, ब्राजिलको तुलनामा निकै कम देखिएको छ।

धेरै सङ्क्रमित हुनेमा रूस अमेरिकापछि दोस्रो स्थानमा रहेको छ भने मृत्युका हिसाबले बेलायत दोस्रो स्थानमा रहेको छ। धेरै सङ्क्रमण देखिएका मुलुकहरूमध्ये रूसमा तीन लाख ३५ हजार ८ सय ८२, जर्मनीमा एक लाख ७९ हजार ७ सय ६८, टर्कीमा एक लाख ५४ हजार ५ सय, इरानमा एक लाख ३३ हजार ५२१, भारतमा एक लाख २७ हजार ३ सय ५८ र पेरूमा एक लाख ११ हजार ६ सय ९८ सङ्क्रमित रहेका छन्। अन्य प्रभावित मुलकहरूमा भने सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.