|

ताप्लेजुङ : कोरोना भाइरस संक्रमणको शंकामा स्वाब परीक्षणका लागि पठाइएका ताप्लेजुङका १६ जना पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।

मंगलबार विराटनगरस्थित कोशी अञ्चल अस्पताल पठाइएको थियो। परीक्षणका लागि पठाइएका १६ जनाकै रिपोर्ट नेगेटिभ आएको निमित्त स्वास्थ्य प्रमुख राजकुमार पोखरेलले जानकारी दिए।

स्वाब परीक्षणक स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी, संक्रमित जिल्ला झापाबाट आएका एकजना र जिल्ला अस्पतालको फिबर क्लिनिकमा उपचारार्थ भर्ना भएका एक गरी १६ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो। योसहित ताप्लेजुङमा अहिलेसम्म ३१ जनाको स्वाब परीक्षण गरिएको छ। ३१ जनाकै रिपोर्ट नेगेटिभ आएको हो। 

हालसम्म जिल्लामा ४५८ जनाको आरडिटी किटबाट परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको पोखरेलले बताए। अब तेस्रो चरणमा अग्रभागमा रहेर काम गर्ने हेल्थ डेक्समा कार्यरत स्वास्थ्य तथा सुरक्षाकर्मी र केही सञ्चारकर्मीको परीक्षण गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.