|

कपिलवस्तु : कपिलवस्तुको बुद्धभूमि ४ वुड्ढीमा कोरोना संक्रमितसँग क्लोज कन्ट्याक्टमा रहेका ३ जना स्वाब संकलन नै नगरी फरार भएका छन्। बुद्धभूमि ४ का दिदी भाइमा कोरोना संक्रमण भएपछि उनीहरु (क्लोज कन्ट्याक्ट) न्यून दूरीमा सम्पर्कमा रहेका थिए। संक्रमितको घरमा हजुरआमाको मृत्यु भएपछि धेरै मानिसहरु सम्पर्कमा आएका थिए। कन्ट्याक्ट ट्रेसिङ गर्दा ४७ जना नजिक सम्पर्कमा रहेका पाइएको थियो। 

क्वारेन्टाइनको दबाबपछि भागे

स्थानीयले न्यून दूरीमा सम्पर्क भएका सबैलाई क्वारेन्टाइनमा राख्नुपर्ने दबाब दिएपछि उनीहरु भागेका हुन्। फरार भएका एकजना एक विद्यालयका शिक्षक हुन् भने एक नेपाली कांग्रेसका स्थानीय नेता र अर्का राप्रपाका जिल्लास्तरीय नेता हुन्। २ जनाले स्वाव संकलनका लागि नाम लेखाए पनि आरडिटी परीक्षण भएकोले फर्किएका थिए।
स्थानीयले क्वारेन्टाईनमा राख्नुपर्ने भन्दै विरोध गरेपछि स्वाब लिएकाहरु अझै पनि स्वाब संकलनस्थल भृकुटी माविमै बसेका छन्। २ बालबालिका ७ वृद्धसहित ४२ जना विद्यालयको चौरमा बसेका छन्। उनीहरुलाई प्रहरीले सुरक्षा दिएर राखेको छ। 

कोरोना संक्रमितसँग सम्पर्क भए पनि क्वारेन्टाइन सुरक्षित नभएकोले सेल्फ आईसोलेशनमा बस्नु पाउनुपर्ने उनीहरुको माग छ। स्थानिय प्रशासनका अनुसार उनीहरु सवैलाई क्वारेन्टाईन राख्ने तयारी भएको छ। वृद्ध, दीर्घ रोगी र बालबालिकाबाहेक सवैलाई क्वारेन्टाईनमा राखिने बताइएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.