बहिनी–ज्वाईंको उपचारका लागि काठमाडौं जाँदा देखिएको थियो कोरोना

|

दाङ : दाङका एक जनाले कोरोना जितेर अस्पतालबाट आइतबार डिस्चार्ज भएका छन् । तुलसीपुर ४ का ४७ वर्षीय पुरुष डिस्चार्ज भएका हुन्। उनी बहिनी–ज्वाईको उपचारका लागि काठमाडौं गएको समयमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

संक्रमण देखिएको ९ दिनपछि उनी निको भएका तुलसीपुर उपमहानगर कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए ।  उनलाई जेठ २ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो ।  उनको पिसिआर परीक्षणमा लगातार ३ पटक रिपोर्ट नेगेटिभ आएको थियो। 

उनलाई घरसम्म ल्याउने तयारी भइरहेको फोकल पर्सन केसीले जानकारी दिए । घरमा आएपछि करिब १ हप्ता भने घरकै क्वारेन्टाइनमा उनी बस्नुपर्ने हुन्छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.