|

बैतडी : जिल्लामा कोरोना संक्रमित बढ्दै जान थालेपछि बैतडीमा चिकित्सक पठाउन अनुरोध गरिएको छ। संघीय सरकारले यसअघि कोरोना उपचारमा सहयोग पु¥याउन पठाएका चिकित्सकलाई पुनः पठाउन भनिएको छ। 

संघीय  सरकारले यसअघि सुदूरपश्चिममा ५ जना कोरोना संक्रमित भेट्टिएपछि बैतडीमा ३ सहित सुदूरपश्चिममा  ३३ जना चिकित्सक पठाएको थियो।  वैशाख ७ गते बैतडीमा खटाइएका ३ जना चिकित्सक वैशाख ३१ गते फिर्ता भइसकेका छन्। 

संक्रमित निको भएर घर फर्किसकेपछि चिकित्सकलाई संघले फिर्ता बोलाएको थियो। हाल सुदूरपश्चिममा थप १० जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये ५ जना बैतडीका हुन्। बाँकी कैलाली, अछाम र जना डडेल्धुराका एक÷एक जना छन्।

संक्रमित थपिएपछि प्रदेश सरकारलाई चिकित्सक पठाउन अनुरोध गरिसकिएको जिल्ला अस्पताल बैतडीका प्रमुख वशन्तराज जोशीले बताए। यसअघि २२ दिनसम्म जिल्ला अस्पतालमा बसेका चिकित्सकले कोरोनासम्बन्धी सचेतनाका साथै अन्य सेवासमेत दिएका थिए। 

बैतडीमा यसअघि इन्टरनल मेडिसिन डा.विकास सहनी र डा. डिभान्स शाह तथा अर्थोपेडिक डा. प्रकाश दर्जीलाई पठाइएको थियो।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.