८ प्रहरीको आरडिटी पोजेटिभ, स्वाब संकलनका लागि भिटिएम अभाव

|

बैतडी : हिरासतमा रहेका एक जनामा कोरोना पुष्टि भएपछि गरिएको र्यापिड डाइग्नोस्टिक टेस्ट(आरडिटी) मा जिल्ला प्रहरी कार्यालयका ७ प्रहरीसहित ८ जनाको पोजेटिभ आएको छ।

आइतबार रातीसम्म गरिएको ५८ जनाको आरडिटीमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत ७ प्रहरी र १ प्रहरीकी श्रीमतीको पोजेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। 

आरडिटी पोजेटिभ देखिनेमा ३ हवल्दार, ४ प्रहरी जवान र १ प्रहरीको श्रीमती छिन्। जसमा १ महिला हवल्दार छिन्।  उनीहरु २५ देखि ३५ वर्ष उमेर समूहका छन्। आरटिडी पोजेटिभ आएका सबैको सोमबार थ्रोट स्वाबको नमुना  संकलन गरी पिसिआर परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइने भएको छ।कर्तव्य ज्यान मुद्दामा गत वैशाख १५ गतेदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका शिवनाथ गाउँपालिका २ का २२ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो।

थुनुवाको कोरोना पुष्टि भएपछि प्रत्यक्ष सम्पर्कमा रहेका (रेडजोनका) ३२ प्रहरीसहित ४६ जनाको स्वाब संकलन गरिएको थियो।  स्बाव संकलनको रिपोर्ट आउन बाँकी छ। 

शुक्रबारदेखि जिप्रका सिल गरिएको थियो। शनिबार रेडजोनका प्रहरीको स्बाब संकलन गरी आइतबार सामान्य अवस्थामा फर्किरहेका बेला आरडिटी पोजेटिभ आएपछि प्रहरी त्रसित बनेका छन्। 

प्रहरी प्रमुख पाण्डेयका पोजेटिभ देखिएका सबैलाई सदरमुकाम गोठलापानीमा रहेको बसपार्कमा आइसोलेसन कक्ष निर्माण गरेर राखिएको छ। संक्रमितको

सम्पर्कमा रहेका ६८ जनाको स्वाब संकलन 

बैतडीका कोरोना संक्रमित युवकको प्रत्यक्ष सम्पर्कमा रहेका ६८ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको छ।  आइतबार २२ जना र शनिबार ४६ जनाको थ्रोट स्वाब संकलन गरिएको र सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ।

प्रहरी हिरासतमै रहेका युवकमा कोरोना संक्रमण पुष्टि भएपछि ती युवकसँग प्रत्यक्ष सम्पर्कमा रहेका थप २२ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। शिवनाथ गाउँपालिकामा रहेका प्रहरी, स्वास्थ्यकर्मी र आफन्तहरुको स्वाब संकलन गरेर पठाइएको हो।

यसअघि शनिबार पनि ३२ प्रहरीसहित ४६ जनाको थ्रोट स्वाब संकलन गरेर धनगढी पठाइएको थियो। यद्यपि स्वाबको रिपोर्ट भने आउन बाँकी छ। थुनामा रहेका युवकमा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गरेर उनको प्रत्यक्ष सम्पर्कमा आएका थप व्यक्तिहरुको स्वाब संकलन गरिएको हो। 
ती युवक वैशाख १५ गतेदेखि प्रहरीको हिरासतमा रहेकाले प्रहरीको स्वाब संकलन गरिएको हो। बयानका लागि अदालतमा पनि गएकाले अदालतका कर्मचारीहरुको पनि स्वाब संकलन गरिएको छ। चैत ६ गते स्वदेश फर्किएका उनी केही दिन गाउँमा रहेकाले शिवनाथमा पनि स्वाब संकलन गरिएको थियो। 

स्वाब संकलनका लागि भिटिएम अभाव 

यसैबीच शनिबार कोरोना पुष्टि भएका बैतडीका ४ युवकको सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाब संकलनका लागि भिटिएम अभाव रहेको छ। सेती प्रादेशिक अस्पतालमा उपचारमा रहेका ती व्यक्तिहरुको प्रत्यक्ष सम्पर्कमा ४ सय बढी नागरिक छन्। उनीहरु गौरीफान्टा नाकाबाट स्वदेश भित्रिएका थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.