|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गरे। देशमा तीव्र गतिमा कोरोना फैलिरहेको अवस्थामा प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका हुन्।

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने जानकारी उनका प्रेस सल्लाहकार सूर्य थापाले सोमबार दिउँसो चार बजे फेसबुकमार्फत दिएका थिए। प्रधानमन्त्रीको सम्बोधनको ड्राफ्ट त्यसअघि नै तयार भइरहेको उनको यो जानकारीले पुष्टि गर्छ।

तर सोमबार बिहानै बारामा कोरोना संक्रमणबाट चौथो व्यक्तिको जानकारी आएको थियो। पर्साको नेशनल मेडिकल कलेजमा बाराको करैयामाई गाउँपालिका–७ का ७० वर्षीय वृद्धको जेठ ४ गते ज्यान गएको थियो।
उक्त कुराको पुष्टि सोमबार बिहान नारायणी अस्पतालले गरिसकेको थियो। यस्तो अवस्थामा साँझ साढे ५ बजे भएको सम्बोधनमा कोरोनाबाट नेपालमा तीनजनाले मात्रै ज्यान गुमाएको बताए। 

उनले बाराका चौथो व्यक्तिबारे उल्लेख नगरिएको लिखित मन्तव्य पढ्दै तीनजालाई श्रद्धाञ्जली दिए। कोरोनाका कारण गुल्मी, सिन्धुपाल्चोक, बाँके र बारामा एक एकजनासहित चारजनाले ज्यान गुमाइसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.