काेराेना परीक्षणकाे बदला एक बाेतल पानी, मास्क र बिस्कुट दिइयाे

|

कञ्चनपुर : पश्चिमी सीमा नाका गड्डाचौकीबाट सोमबार दुई हजार ६ सय ३७ जना नेपालीलाई सीमा नाकामा प्रवेश दिइएको छ। सीमावर्ती भारतीय बजार खटिमा, रुद्रपुर, वनबासा र टनकपुरका क्वारेन्टाइनमा रहेका र भारतका विभिन्न ठाउँबाट आएकालाई प्रवेश दिइएको हो। 

मध्याह्न १२ बजेदेखि खोलिएको सीमा नाकाबाट साँझ ७ बजेसम्म सीमा प्रवेश दिइएको थियो। 

डडेल्धुरा, दैलेख, कालिकोट र डोटीलगायत क्षेत्रका एक हजार जनालाई सवारी साधानको व्यवस्था गरी गन्तव्यमा पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताए। 

‘खानाको व्यवस्था गरी गन्तव्यमा पठाएका छौं,’ उनले भने, ‘मंगलबारसमेत भारतीय निकटवर्ती क्षेत्रमा रहेका नेपालीलाई सीमा नाका प्रवेश गराउँछौं।’ उनीहरुलाई थर्मल गनको सहायताले ज्वरो नाप्नेबाहेका कारोना चेकजाँचका अन्य कार्य गरिएको छैन। 

सीमा नाका प्रवेश दिइएकाहरुको व्यवस्थित तरिकाले व्यक्तिगत विवरणसहित फारम भर्न भने लगाइएको थियो। सामाजिक दूरी कायम गर्न लगाई उनीहरुलाई एक बोतल पानी, मास्क र बिस्कुट उपलब्ध गराइएको छ। पौडेलले भने, ‘गन्तव्यमा पुर्‍याउन बाँकीलाई भीमदत्तनगरस्थित क्वारेन्टाइनमा राखिएको छ।’

कञ्चनपुरसहित अन्य जिल्लाका गन्तव्यमा पुर्‍याउन बाँकीलाई भोलि (मंगलबार) देखि सम्बन्धित पालिकामा लगिने छ। उनीहरुलाई स्थानीय व्यवसायी र सञ्चारकर्मीहरुले खानाको व्यवस्था गरेका थिए। 

नेपाली सेनाको स्वास्थ्य टोलीले सीमा नाका प्रवेश गरेकाको स्वास्थ्य परीक्षण गरेको छ। भारतीय प्रशासनले दशगजासम्म नेपालीहरुलाई ल्याएको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.