|

गुल्मी :  गुल्मीमा थप २ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य  कार्यालय गुल्मीले जनाएको छ।

दुई जनामध्ये एकजना जनप्रतिनिधि रहेको र एकजना  भारतबाट आई धुर्कोट गाउँपालिकाको क्वारेन्टाइनमा बसेको कार्यलयले जनाएको छ।

उनीहरु ३६ र ३७ वर्षका रहेका छन् र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ। उनीहरुलाई सदरमुकाम तम्घासमा रहेको आइसोलेसनमा राखेर उपचार गरिने स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख भवानीप्रसाद शर्माले जानकारी दिए।

सिडिओदेखि पत्रकारसम्मको स्वाब संकलन

गुल्मीमा जनप्रतिनिधिलाई कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका सिडिओदेखि पत्रकारसम्मका ४४ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ।

जनप्रतिनिधिको सम्पर्कमा आएका जिल्लाका प्रमुख जिल्ला अधिकारी,  जिल्ला समन्वय प्रमुख, कार्यालय प्रमुखहरु र पत्रकारलगायत ४४ जनाको स्वाब संकलन गरिएको र स्वाबलाई प्रादेशिक प्रयोगशाला रुपन्देहीमा परीक्षणका लागि पठाइने शर्माले जानकारी दिए।

मृतक शिक्षकको सम्पर्कमा आएका एक संक्रमित

कोरोना संक्रमणबाट मृत्यु भएका शिक्षकको सम्पर्कमा आएका एक जनाको कोरोना परीक्षण रिर्पोट पोजेटिभ आएको छ।

जिल्लाको मदाने गाउँपालिका पुर्कोटदहका ४१ वर्षीय पुरुषको उपचारको क्रममा क्रिमशन अस्पाताल रुपन्देहीमा मृत्यु भएको र उनको सम्पर्कमा आएका ३० जना मध्ये एक जनाको रिर्पोट पोजेटिभ आएको मदाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए।

उनको सम्पर्कमा आएका एक जनाको सदरमुकाम तम्घासमा रहेको आइसुलेसनमा राखेर उपचार भइरहेको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ। योसँगै गुल्मी जिल्लामा मृतक शिक्षक सहित  ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.