अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेश गर्दै

|
फाइल फाेटाे

काठमाडौं : आज दिउँसो १ बजेबाट संघीय संसदको प्रतिनिधिसभा बैठक बस्ने कार्यसूची तय भएको छ। उक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने सम्भावित कार्यक्रम छ।  

जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था नै छ। आज आर्थिक सर्वेक्षण पेश हुँदै छ। आर्थिक सर्वेक्षण पेश भएको तीन दिनमा नयाँ आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत हुँदै आएको छ।

तर, सबैको चासोको रुपमा रहेको संविधान संसोधन विद्येयक आजको बैठकमा पेश हुने छैन। संसद सचिवालयले जारी गरेको संभावित कार्यसूचीमा संविधान संसोधन विद्येयक परेको छैन। 

लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतका भूभाग समेटिएको नेपालको नयाँ नक्सा जारी भएपछि संविधान संशोधन गर्न संसद सचिवालयमा संविधान संशोधन विद्येयक दर्ता भइसकेको छ।

संसद सचिवालयका अनुसार संविधान संसोधन विधेयक भने अर्काे बैठकमा मात्रै पेश हुने सम्भावना छ। कानुनमन्त्री शिवमाया तुम्बाहाङफेले गत जेठ ९ गते संसद सचिवालयमा गर्दा गरेकी हुन्। 

कानुनमन्त्रीले आवश्यक प्रक्रिया पूरा गरेर संसोधन गर्न लामो समय लाग्ने भन्दै छोटो बाटो प्रयोग गरेर संशोधन गर्न प्रस्ताव राखेकी छन्। उनको प्रस्तावमा संसदमा रहेका अरु दलहरुले समर्थन जनाएका छैनन्। कानुनमन्त्रीले भनेझैँ छोटो बाटो प्रयोग गरेर संविधान संशोधनका लागि कानुनका केही कुरा नै निलम्बन गर्नुपर्ने हुन्छ।

सबै सांसदले समर्थन जनाउने गरी छलफल चलोस : कांग्रेस

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधान संसोधनको विषयमा सरकारले संसदमा रहेका दलसँग छलफल चलाउनुपर्ने बताउँछन्।

‘दुई दिनअघि पास गर्न हतार नगरी सरकारले यस्तो महत्वपूर्ण विषयमा छोटोबाटो प्रयोग गरेर भन्दा पनि संघीय संसदका सांसदहरुको समर्थन लिन छलफल चलाउनुपर्छ,’ थाहाखबरसँग कुरा गर्दै खाँणले भने, ‘अहिलेसम्म सरकारमा रहेका र नरहेका दलसँग सरकारले यसबारे छलफल चलाएको छैन। कांग्रेसले त राष्ट्रिय मुद्दामा सरकारसँगै छौँ भनेकै छ नि तै पनि यसविषयमा सरकारले किन छलफल नचलाएको ?’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.