|

बर्दिया : बारबर्दिया नगरपालिकाका मुक्तकमैया र सुकुमबासीले राहत नपाएको भन्दै वडा कार्यायलयमा ताला लगाएका छन्। लकडाउनका बेला राहतस्वरुप खाद्यान्न नपाएपछि नगरपालिकाका वडा नम्बर १ का कार्यालयलाई उनीहरुले बन्द गरेका हुन्। 

कामका लागि खाद्यान्न भनेर वडाले ३ दिन मात्रै काम दिएको जमुनीका मुक्तकमैया अगुवा विन्तीराम थारूले जानकारी दिए।साँझ बिहानको छाक टार्न समस्यामा परेका वडाका ४ सय ७४ जना पहिचान गरी नगरपालिकामा पठाउँदा पनि नगरले २ सय जनालाई मात्रै राहत पठाएको उनीहरुको भनाइ छ।

वितरणमा समस्या भएकाले राहत दिन नसकिएको नगरपालिका वडा नम्बर १ का अध्यक्ष रामबहादुर थारुले बताए। मुक्तकमैया र सुकुमबासीहरुले भने वडाले खाद्यान्न स्टक राखेको तर वितरण नगरेको यसअघि देखि नै गुनासो गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.