|

कञ्चनपुर :  पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै सोमबार र मंगलबार गरी तीन हजार ३२७ जना नेपालीहरु स्वदेश फर्किएका छन् ।

सोमबार दुई हजार ६३७ र मंगलबार ६९० जना भित्रिएका छन् । भारतका विभिन्न क्षेत्रबाट आएका उनीहरुलाई नेपाली सेनाको टोलीले तापक्रम नापेर प्रवेश दिएको हो ।

उनीहरुलाई भारतीय प्रशासनले दशगजा क्षेत्रसम्म बसमार्फत ल्याएका थिए। सशस्त्र प्रहरीले नेपाल प्रवेश गर्दा उनीहरुको व्यक्तिगत विवरण राखेको छ। बिहान ६ बजे देखि १० बजेसम्म सीमा नाकामा प्रवेश दिइएको थियो। 

नेपाल प्रवेश गरेकाहरुलाई खाना र खाजा तथा सवारी साधानको व्यवस्था गरी सम्बन्धित जिल्लाको स्थानीय तहमा पठाइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्ययले बताए। 

सीमावर्ती भारतीय बजार खटिमा, रुद्रपुर, वनवसा र टनकपुरका क्वारेन्टाइनमा रहेको र भारतका विभिन्न ठाउँबाट आएका नेपालीहरुलाई सीमा नाकामा प्रवेश दिइएको हो। साँझको बेला भने सीमा नाका प्रवेश नदिइने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.