|

गुल्मी : गुल्मीमा सत्ता पक्ष र प्रतिपक्षबीच खाद्यान्‍न पसल  खोल्ने र बन्द गर्ने बिषयमा जुहारी चलेको छ। गुल्मी उद्योग वाणिज्य संघमा कांग्रेसले नेतृत्व गरेको छ भने चेम्बर अफ कमर्शमा नेकपा समर्थकहरुले नेतृत्व गरेका छन्। 

सोमबार गाउँपालिकाका अध्यक्षलाई नै कोरोना संक्रमण भएपछि  गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले विज्ञप्ती जारी गर्दै १४ गते  राति १२ बजेदेखि २० गतेसम्मका लागि सबै ब्यावसाय बन्द गर्न आग्रह गरेका छन्। 

यता चेम्बर अफ कमर्शले अर्को विज्ञप्ती जारी गर्दै  खाद्यान्‍न पसलहरु सञ्चालन गर्न आग्रह गरेको छ। संस्थाका उपाध्यक्ष वीरेन्द्र भुसालद्वारा जारी विज्ञप्तीमा एक हप्ते बन्दले सबै समस्याको समाधान नहुने भन्दै दैनिक उपभोग्य पसललाई बिहान ११ बजेदेखि १ बजेसम्म संचालनमा ल्याउनु पर्ने जनाइएको छ। 

यस समयमा दैनिक उपभोग्य खाद्यान्‍न पसल बन्द गर्दा जनजीवन थप कष्टकर बन्‍ने र लामो समयपछि पसलहरु खोल्दा भिडभाड हुने भएकाले जिल्ला बिपद् ब्यवस्थापन समितिले गरेका निर्णयलाई नै यथावत राखी कार्यन्वयन गर्न सबै ब्यापारीहरुलाई आग्रह गरिएको छ। 

जिल्लामा भारतबाट भित्रिनेको संख्या बढ्दै गएको र उच्च सर्तकता अपनाउनु आवश्यक भएकाले यसलाई ब्यवस्थित गर्नका लागि दुवैले  जोड दिएका छन्। 

जिल्लामा  एम्बुलेन्सबाहेक  खाद्यान्‍न बोक्ने अन्य सवारी साधन बन्द गर्न ब्यावसायीहरुलाई आग्रह गरिएको भलामीले बताए। 

कोरोना संक्रमणबाट उपचारको क्रममा मृत्यु भएका मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषमा श्रद्धाञ्जली ब्यक्त गर्दै संक्रमण देखिएकाको स्वास्थ्य लाभको कामनासमेत दुवैले गरेका छन्। यता जिल्ला प्रशासन कार्यलय गुल्मीले भने दुवै पक्षलाई बोलाई समन्वय गर्ने जानकारी दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.