स्थानीय तह भन्छ : चापले व्यवस्थापन गर्न सकिएन

|

दैलेख : क्‍वारेन्टाइन भन्ने बित्तिकै मानिसलाई आपतकालीन अवस्थामा सुरक्षित राख्ने ठाउँ बुझिन्छ। तर दैलेखमा निर्माण गरिएका क्‍वारेन्टाइनमा भने आधारभूतमध्ये सबैभन्दा पहिलो आवश्यक पानी नै छैन। त्यस्ता क्‍वारेन्टाइनमा न पानी छ, न बत्ती नै।

११ वटा स्थानीय सरकार रहेको दैलेखमा यहाँका मानिसको प्रमुख रोजगारीको गन्तव्य भारत हो। अहिले उनीहरु धमाधम जिल्ला फर्किंदै छन्। मानिसहरु भित्रिएसँगै यहाँका स्थानीय सरकारले क्‍वारेन्टाइनमा त राखेका छन्। तर आधारभूत आवश्यकता भने केही पनि छैन।

केहिदिन अघि भारतबाट आएका १ सयभन्दा बढी मासिनलाई नारायण नगरपालिकाले क्‍वारेन्टाइन अभाव भएको भन्दै जिल्लाको बीच बजारमा रहेको एक विद्यालयमा राख्यो। 

क्‍वारेन्टाइनमा बसेकाहरुले खानेपानी अभाव भएको सुत्ने व्यवस्था नभएको बत्तीलगायत अन्य व्यवस्था नभएको भन्दै नाराबाजीसमेत गरेका थिए। क्‍वारेन्टाइनमा बसेकाहरु स्थानीय सरकारविरुद्ध खनिएका थिए। चर्का नारा लगाउँदै उनीहरुले क्‍वारेन्टाइनस्थलभित्रै ढुंगामुढासमेत गरेका थिए। पछि स्थानीय प्रशासन र नगरपालिकाले उनीहरुलाई आवश्यक पानीको व्यावस्थापन गरी अन्य सामग्री व्यवस्थापन गर्ने भनेपछि स्थिति सामान्य बनेको थियो।

यता स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तका अनुसार क्‍वारेन्टाइन स्थलमा सरसफाई खानेपानीको राम्रो व्यवस्था हुनुपर्ने बताउँछन्। क्‍वारेन्टाइनमा बस्नेहरुका लागि ट्वाइलेटको पनि उत्तिकै राम्रो प्रबन्ध हुनुपर्ने उनले बताए। तर सफा ट्वाइलेटको त कुरै छाडौं, खानेपानीका लागि क्‍वारेन्टाइनमा बसेकाहरुले आन्दोलन नै गरे। 

तर दैलेखमा निर्माण गरिएका क्‍वारेन्टाइनस्थलमा झिँगा भन्किएका देखिन्छन् क्‍वारेन्टाइनमा बसेका पानी नपाएर स्थानीय सरकारविरुद्ध आन्दोलनमा उत्रिन बाध्य भइरहेका छन्।  

चापले व्यवस्थापनमा चुनौती 

जिल्लाको नारायण नगपालिकाका प्रमुख रत्नबहादुर खड्काले भारतबाट आउने मानिसको चापले गर्दा व्यवस्थापनमा चुनौती सिर्जना भएको बताए। भारतलगायत अन्य ठाउँबाट आउनेलाई राख्न नारायण नगरपालिकामा मात्र भएकाले समस्या आएको उनको भनाइ छ। 

नारायण नगरपालिकाको जति बजेट अन्य पालिकामा पनि आएको र जिल्लाका सबै स्थानीय तहले आफ्ना क्षेत्रका मानिस जिम्मा लिएका भए यस्तो अवस्था नआउने उनी बताउँछन्। 

भारतलगायत अन्य मुलुकबाट जिल्ला भित्रिनेको संख्या ६ हजार नाघिसकेको छ। तर यहाँ निर्माण गरिएका क्‍वारेन्टाइनको संख्या १ हजारभन्दा कम छ। बाहिरबाट आएकालाई अनिवार्य १४ दिन क्‍वारेन्टाइन बसाल्नुपर्ने भए पनि ठाउँ अभाव भएको भन्दै स्थानी यतहले लापरबाही गर्दै घर पठाउन थालेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.