|

गुल्मी : मालिका गाउँपालिकाले क्‍वारेन्टाइनमा खान पुर्‍याए दिनको तीन सय रुपैयाँ प्रदान गर्ने भएको छ। क्‍वारेन्टाइनमा बस्ने सबैलाई गाउँपालिकाले खानबस्न व्यवस्था गरेता पनि समूहमा खाना खाँदा संक्रमण बढ्ने र खाना गुणस्तरीय नहुने भन्दै यो व्यवस्था गर्न लागिएको बताएको छ।

क्‍वारेन्टाइनमा बसेकाहरुमा रोग प्रतिरोधात्मक क्षमता बढाउन घरबाटै गुणस्तरीय खाना उपलब्ध गराउन सबैलाई आग्रह गरिएको र खाना उपलब्ध गराएबापत  गाउँपालिकाले प्रतिव्यक्ति दैनिक तीन सय रुपैयाँ दिने भनेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए।

क्‍वारेन्टाइनमा बसेकाहरुलाई घरबाटै खानाको व्यवस्था गर्दा खाना व्यवस्थापनको झन्झट कम हुने र गुणस्तरीय हुने मालिका गाउँपालिका प्रवक्ता तथा शोभाखर गिरीले जानकारी दिए।

हाल मालिका गाउँपालिकाका विभिन्न क्‍वारेन्टाइनमा भारतसहित नेपालका विभिन्न जिल्लाबाट आएका ८७ पुरुष र १२ महिला गरी ९९ जना छन्। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको गाउँपालिकाले जनाएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.