समाज

चौरजहारी घटना : थप ६ जना पक्राउ

जेठ १५, २०७७

    रुकुम : चौरजहारी नगरपालिका सोती गाउँमा शनिबार साँझ भएको घटनामा अनुसन्धान गर्न थप स्थानीयलाई पक्राउ गरिएको छ। पीडितको किटानी जाहेरी आरोपमा बिहीबार जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले थप ६ जनालाई पक्राउ गरेको हो। 

    रुकुम पश्चिम प्रहरी प्रमुख ठगबहादुर केसीका अनुसार किटानी जाहेरी गरिएका मध्ये १८ जना पक्राउ परिसकेका छन् भने अन्य दुई जनालाई पनि प्रहरीले खोजी गरिरहेको छ। 

    घटनामा संलग्न भएको आरोपमा प्रहरीले यसअघि १२ जनालाई पक्राउ गरिसकेको छ। उनीहरुलाई जिल्ला अदालत रुकुम पश्चिमबाट १० दिनको थुना आदेश लिएर अनुसन्धान भैरहेको छ। 

    सोतीगाउँकी मल्ल थरकी किशोरीलाई विवाह गर्न भनी जाजरकोटबाट आएका नवराज विक र उनीसँगै आएका १८ जनाको समूहलाई गाउँलेले आक्रमण गर्दै लखेटेका थिए। उक्त झडपमा परी केही मानिसको मृत्यु भएको थियो। घटनाको विषय रुकुम पश्चिम र जाजरकोट प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]