|

रौतहट : भारतबाट उद्धार गरेकालाई राख्न बनाइने क्‍वारेन्टाइनको विषयलाई लिएर विवाद हुँदा रौतहटमा प्रहरीले हवाई फायर गरेको छ। 

कटहरियामा क्‍वारेन्टाइन निर्माण गर्न स्थानीयले अवरोध गरेपछि झडपको स्थिति सिर्जना भएको हो। झडप नियन्त्रणमा लिन प्रहरीले १२ राउन्ड हवाई फायर गरेको छ। 

कटहरिया नगरपालिकाले वडा नं १ भसेडवा माध्यमिक विद्यालयमा भारतबाट आएकालाई राख्न क्‍वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको थियो। तर स्थानीयसँगको विवादपछि स्थिति झडप पुगेको हो। बाक्लो बस्तीसँग जोडिएको विद्यालयमा क्‍वारेन्टान राख्न नदिने भन्दै स्थानीयले ढुंगामुढासमेत गरेका थिए। 

झडपमा परी असई हीरालाल साहको टाउको फुटको छ। प्रदर्शनकारीको ढुंगाले लागेर घाइते भएका उनलाई उपचारका लागि गरुडा ल्याइएको छ। 

यसैगरी चन्द्रपुर नगरपालिकामा पनि भारतबाट उद्धार गरिएकाले अझै बस्ने ठाउ पाएका छैनन् । जनज्योति मावि चन्द्रनिगाहपुरमा नगरपालिकाले राख्ने जनाए पनि स्थानीयले विरोध गरेपछि उनीहरु रातभरि फुटबल चौरमा सुतेका थिए। 

स्थानीयले उग्र रुप लिएपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक रविराज खड्काले बताए। 

कटहरिया ५ को जनता माध्यमिक विद्यालयमा रहेको एक मात्र क्‍वारेन्टाइनमा दुई सयभन्दा बढी व्यक्ति भएपछि नगरपालिकाले अर्को स्थानमा पनि क्‍वारेन्टाइन बनाउन खोजेको थियो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.