सबै स्थानीय तहमा १३२ जना संक्रमित
सबै स्थानीय तहमा १३२ जना संक्रमित
कपिलवस्तु : कपिलवस्तुका तीनवटा स्थानीय तहमा २४ कोरोना संक्रमित थपिएका छन्। जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार विजयनगर गाँउपालिका ९ जना, कपिलवस्तु नगरपालिकामा १३ जना र महाराजगन्ज नगरपालिकामा १ जना थपिएका हुन्।
बाँकी एकजनाको भारतवाट कृष्णनगर आउने क्रममा कोरोना संक्रमण भएर मृत्यु भएका हो। पुष्टि भएकामध्ये विजयनगर गाउँपालिका-३ का वर्ष २३ र ३० का पुरुष २ जना, वाड नं ५ निवासी वर्ष २६ का पुरुष १ जना, वडा नम्बर ७ का वर्ष ४३,५२,३७,३९,४०,२७ का ६ जना पुरुष छन्।
यसैगरि कपिलवस्तु नगरपालिका-७ का वर्ष २७ का पुरुष १ जना , वाड नं. ८ का वर्ष ३६, ४०, १७, ४४, २३, ३५, २५, २८, ३२, २५, ३४ र २० का १२ पुरुष रहेका छन्।
महाराजगन्ज नगरपालिका-७ का वर्ष ३० का १ जना पुरुषमासमेत कोरोना देखिएको छ। योसँगै जिल्लामा कोरोना संक्रमण हुनेको संख्या १३२ पुगेको छ। एकजना अर्घाखाँची जिल्लाका छन्। जिल्लाका सबै स्थानीय तहका कोरोनाको संक्रमण फैलिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।