|

बिमला ढकाल

बर्दिया : बर्दियाकी पहिलो कोरोना सङ्क्रमित बालिकाले कोरोनालाई जितेकी छन्। बर्दियाकी पहिलो कोरोना संक्रमित राजापुर नगरपालिका-५ की एक बालिका कोरोना जितेर बिहीबार मात्रै घर फर्किएकी हुन्। हिजो मात्रै अस्पतालले उनलाई डिस्चार्ज गरेको थियो। 

उनले १६ दिनमै कोरोनालाई जितेर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए। कोरोना सङ्क्रमित बालिकाको बाँकेको खजुरास्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको थियो। 

बैशाख २९ गते उनमा कोरोना पोजेटिभ देखिएपछि बैशाख ३० गते उपचारका लागि बाँकेको कोरोना विशेष अस्पताल लगिएको थियो। उनी कैलालीमा रहेको आफन्तको घरबाट फर्किएपछि परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.