सरकारले बेवास्ता गर्दा खोलामै रात बिताउन बाध्य

|

रौतहट : बुधबार भातबाट उद्दार गरिएका चन्द्रपुर नगरपालिकाका नागरिकहरुले २४ घण्टापछि बस्ने ठाउँ पाएका छन्। चन्द्रपुर नगरपालिकाका विभिन्न वडाका ४३ जनालाई आज चन्द्रपुर नगरपालिका–८ स्थित सुबलाल माविमा क्वारेन्टाइन निर्माण गरेर राख्ने निर्णय भएको हो। 

भारतका विभिन्न शहरबाट बैरगनिया नाका हँुदै आएका नेपाली नागरिकलाई गौरबाट चन्द्रपुर नगरपालिका वाड नं. ३ का वाड अध्यक्ष बोधराज देबकोटाले  बुधबार उद्धार गरी ल्याएका थिए । 

उनीहरुलाई राख्ने ब्यवस्था सुबलाल मावि सन्तपुरमा गरिएको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले जानकारी दिए। हिजो क्वारेन्टाइनको ब्यवस्था नहुँदा उनीहरुले चन्द्रनिगाहपुरस्थित फुटबल खेल मैदानमा रात बिताएका थिए । 

यसैगरी गुजरा नगरपालिकामा पनि क्वारेन्टाइन ब्यवस्था नहुँदा हिजो उद्धार गरिएकाले बकैया खोलाको किनारमा रात बिताएका थिए । अझै पनि उनीहरुको बासको ब्यवस्था हुन सकेको छैन । क्वारेन्टाइनको ब्यपस्थापन गर्ने जिम्मा स्थानीय तहको भएप नि भारतबाट उद्दार गरिएका नेपाली नागरिकहरुले सास्ती पाउन थालेका छन्। 

गौर नाकाबाट दैनिक हजारको हाराहारीमा नेपालीहरु भित्रिने क्रम जारी छ । बिहीबारसम्म ४ हजार ९ सय ५८ जना भारतबाट नागरिक भित्रिएका छन्। 

जसमध्ये २ सय ७७ जना महिला रहेका छन्। दिन प्रतिदिन रौतहटमा कोरोना संक्रमितको संख्या बढदै गएको छ । बिहीबारसम्म रौतहटमा १ सय २५ जनामा कोरोना भाइरस संक्रमण भएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासु घिमिरेले जानकारी दिएका छन । 

बिहीबार रौतहटमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । जसमध्ये १७ जना राजपुर नगरपालिका र ३ जना राजदेबी नगरपालिकाका रहेका छन् ।

यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय २५ पुगेको हो । धुलिखेलमा भएको परीक्षणमा रौतहटका १७ जनामा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरीएको परीक्षणमा रौतहटमा ३ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

रौतहटका १८ स्थानीय तहमध्ये १३ वटामा कोरोना भाईरस संक्रमित भेटिएको छ । राजपुर, ईशनाथ, गौर, देवाहिगोनाहि, गढिमाई र राजदेवी नगरपालिकामा कोरोना संक्रमित पाइएको छ।

त्यस्तै कटहरियामा र गरुडा, माधवनारायण ,यमुनामाई, फतुवा बिजयपुर, बृन्दाबन, गुजरा नगरपालिकामा पनि संक्रमित पुष्टि भै सकेको छ । संक्रमितमध्ये ३ जना उपचारपछि घर फर्किसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.