|

कपिलवस्तु : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ प्रयोगशालामा भएको कोरोना परीक्षणवाट ११ कोरोना संक्रमित थपिएका छन्। 

प्रतिष्ठानले जारी बिहीबार गरेको विज्ञप्तिअनुसार थपिएका संक्रमितमध्ये कपिलवस्तुका नौ र दाङका दुइैजना छन्। कपिलवस्तुको विजयनगर गाउँपालिका–३ का २३ र ३० वर्ष, वडा नम्बर ५ का २६ वर्षका एकजना र विजयनगर गाउँपालिका–७ को १७, ३७, ३९, ४०, ४३ र ५२ को रहेका छन्। संक्रमितहरु सबैजना पुरुष हुन्। उनीहरु रामनरेश मावि क्वारेन्टाइनमा रहेका छन्।

यसैगरी दाङको गडवा गाउँपालिका १ को २८ वर्षीय र वडा नम्बर २ को वर्ष ४१ वर्षीय पुरुष रहेका छन्। थपिएका नयाँ संक्रमितसँगै कपिलवस्तुमा ११८ जना र दाङमा २२ जनामा कोरोना पुष्टि भएको छ। १५३ नमुनामध्ये १४२ जनाको नजिता नेगेटिभ आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.