|

काठमाडौं :  आज मे २९ अर्थात अन्तर्ष्ट्रिय सगरमाथा दिवस। ६७ वर्षअघि सगरमाथाको शिखरमा मानव पाईला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ। नेपाल सरकारले  सन् २००८ देखि मे २९ लाई अन्तर्राष्ट्रिय रुपमै यो दिवस मनाउन निर्णय गरेकाे थियो। 

सन् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण गरेका थिए। त्यसपछि सुरु भएको आरोहणमा पछिल्ला दुई दशकमा निकै आकर्षण बढेको छ। 

पर्वतीय पर्यटनको क्षेत्रमा काम गर्नेहरुले यो दिनलाई विशेष मान्छन।  सगरमाथाले नेपाललाई बिश्वमाझ चिनाइरहेको छ भने मे २९ मानिस र सगरमाथाबीचको सामिप्यता बढाउने दिन हो।

 यो वर्षको वसन्त ऋतुमा सगरमाथा सहित नेपालका सबै हिमालहरु सुनसान बने। कोरोना भाइरस संक्रमणको डरले यात्रा रोकिंदा आरोहीहरु आउन सकेनन् भने सरकारले सबै हिमाल आरोहणकार्य यो मौसमका लागि बन्द ग¥यो। 

झण्डै तीन महिना झकिझकाउ हुने सगरमाथाको आधारशिविर सुनसान बन्यो भने एक हजारको हाराहारीमा मानिस उकालो लाग्ने आधारशिविर माथिको बाटो बनाउने काम नै भएन। आरोहणमा प्रतिबन्ध लगाउनुअघि हिउँमा बाटो बनाउने आइसफल डाक्टर र केही गाइडहरु सगरमाथा आधार शिविरमा पुगेको भए पनि आरोहण नहुने भएपछि उनीहरु फर्किए। 

दिवसका अवसरमा पर्टनमन्त्री योगेश भट्टराईले शुभकामना व्यक्त गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.