|

गुल्मी : कोरोना संक्रमित धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलको सम्पर्कमा आएका ४४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।

सोमबार पोखरेललाई कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार उनको सम्पर्कमा आएका ४४ जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको थियो। उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख भवानीप्रसाद शर्माले जानकारी दिए।

गाउँपालिकाका उपाध्यक्षको पनि पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। आइतबार जिल्ला समन्वय समिति गुल्मीले आयोजना गरेको एक बैठकमा स्थानीय तहका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायहरु सहभागी थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.