|

काठमाडौंः जोरपाटी–सुन्दरीजल सडक विस्तारको काम रोकिएको छ। गोकर्णेश्‍व नगरपालिमा एकजना कोरोना संक्रमित भेटिएपछि नगरपालिकाले सडक विस्तारको काममा रोक लगाएको हो।

लकडाउनमा पनि गोकर्ण, नाम्गेलमा ढल हाल्ने, रुख कटानको काम हुदै आएको थियो। गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोज ढुंगानाले जोरपाटी–सुन्दरीजल सडक निर्माणको काममा रोक लगाएको बताए।

‘लकडाउनमा पनि सडक विस्तारको काम अघि बढाएका थियौँ,’ उनले भने, ‘नगरपालिकामा कोरोना संक्रमित भेटिएपछि संक्रमण फैलिन्छ की भनेर काम बन्द गरेका हौँ।’

उनले कोरोना संक्रमण फैलिने जोखिम नभएमा काम सुचारु गर्ने जानकारी दिए। जोरपाटी सुन्दरीजलको ७ किमी सडक निर्माणका लागि आशीष-सिएम जेभिसँग २०७३ सालमै २०७५ साल असोज महिनामा सक्ने गरी करिब ५४ करोडमा ठेक्का सम्झौता भएको थियो।

तर, ठेक्का सम्झौता मिति सकिँदा पनि मुआब्जाको विवादले अहिलेसम्म सडक बन्‍न सकेको छैन। भौतिक पूूर्वाधार तथा यातायात मन्त्रालय र गोकर्णेश्‍व नगरपालिकासँग भएको सम्झौता अनुसार अब सडक निर्माणका लागि सार्वजजिक जग्गा भएकोमा २२ मिटर र व्यक्तिगत जग्गा भएकोमा १४ मिटर चौडा गर्नुपर्ने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.