स्थानीय तह स्वास्थ्य कार्यालयको भरमा

|

गुल्मी : गुल्मीमा पछिल्लो पाँच दिनयता भारताबाट आउनेको संख्या १ हजार ६५१ पुगेको छ। गुल्मी आएकालाई सम्बन्धित पालिकाहरुले तयार पारेको क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यलयले जनाएको छ। 

रेसुंगा नगरपालिकामा १८०, मुसिकोट नगरपालिकामा २०१, कालीगण्डकी गाउँपालिकामा २१, सत्यवतीमा ९८, चन्द्रकोटमा ८९, रुरुमा ७९, छत्रकोटमा १८५, गुल्मीदरवारमा १७४,  इश्मामा १७०, धुर्कोटमा २५०, मालिकामा १०३  र मदाने गाउँपालिकामा १०४ जनासहित जम्मा १ हजार ६५१ जना गुल्मी भित्रिएका छन्। 

गुल्मीमा तत्कालका लागि भारत लगायतबाट आउनेको कोरोना परीक्षणका लागि  स्थानीय सरकारले आरडिटी किट ब्यवस्थापन गर्ने निर्णय भएको छ।

भारत लगायत विदेशबाट गुल्मी भित्रिने संख्या धेरै हुने आंकलन गर्दै कोरोना संकट ब्यवस्थापन केन्द्रले जेठ १० गते तत्काल आरडिटी किट स्थानीय तहले ब्यवस्थापन गर्ने र प्राविधिक सहयोग गुल्मी अस्पताल र स्वास्थ्य कार्यलयले गर्ने निर्णय भएको थियो। तर  सबै तह स्वास्थ्य कार्यलयकै भरमा छन्।

यता चन्द्रकोट गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले स्वास्थ्य कार्यलयले आरडिटी किट ब्यवस्थापन गर्न नसेके आफूहरु तयार रहेको दाबी गरे। 

उनले हालसम्म स्वास्थ्य कार्यलयले ब्यवस्थापन गर्दै आएको बताउँदै यदि उसले नसके आफूहरुले उल्लेख गरे। किटको गुणस्तर र आवश्यक प्रक्रियाबारे स्वास्थ्य कार्यलयले काम गर्नुपर्ने उनको तर्क छ। जिल्लामा आवाश्यक आरडिटी किट स्वास्थ्य कार्यलयले दिने भनेकाले आफूहरु ढुक्क भएको खत्रीले बताए। 

खरिद प्रक्रियामा रेसुंगा 

यता रेसुंगा नगरपालिका गुल्मीले भारतबाट नगरपालिकाभित्र १८० जना आएकाले उनीहरुको आरडिटी गर्न  स्वास्थ्य कार्यलयले किट अभाव भनेपछि आफैं खरिदको प्रक्रियामा रहेको जनाएको छ। 

रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले किट खरिदको प्रक्रियामा रहेको बताए। तर आफूहरुलाई दर र पाइने स्थान थाहा नभएकाले अन्योल सृजना भएको उनले बताएका छन्। रुरु र सत्यवती गाउँपालिकाले पनि किट खरिद प्रक्रियामा रहेको बताएका छन्। 

प्रदेशमै अभाव : स्वास्थ्य कार्यलय

गुल्मीका स्थानीय तहहरु स्वास्थ्य कार्यलयको भर परिरहेका बेला प्रदेशमै आरडिटी किट अभाव भएको खुलेको छ। स्वास्थ्य कार्यलय प्रमुख डाक्टर भवानीप्रसाद शर्माका अनुसार प्रदेशमै किट अभाव भएको छ। उनले भारतबाट आउनेको संख्या  वृद्धि भइरहेकाले स्वास्थ्य कार्यलयले आरडिटी किट ब्यवस्थापन गर्न सक्ने अवस्था कम भएको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.