|

काठमाडौं : भारतीय जनता पार्टीका नेता तथा राज्यसभा सांसद सुब्रमनियन स्वामीले भारतीय विदेश मामिला मन्त्रालयका कूटनीतिज्ञहरूले नेपाली समकक्षीसँग व्यवहार गर्दा मिठो बोली बोल्नुपर्ने धारणा राखेका छन्।

शुक्रबार ट्वीट गर्दै उनले आफ्ना कूटनीतिज्ञहरूलाई त्यस्तो निर्देशन दिन प्रधानमन्त्री नरेन्द्र मोदीलाई सुझाव दिएका छन्।

'मोदीजीले भारतका कूटनीतिज्ञहरूलाई नेपाली समकक्षीसमक्ष प्रस्तुत हुँदा मिठो बोल्न अह्राउनुपर्छ', स्वामीले ट्वीटमा लेखेका छन्, 'नेपाल हामीसँग रक्तनाता भएको कान्छो भाइ हो। नेपालीहरूले यदि अलग्याइएको महशुस गरेका छन् भने भारतले आफ्नो काँध चौडा पारेर उनीहरूको भावना शान्त पार्नुपर्छ।' 

नेपाल र भारतबीच कालीपूर्वको भूभागबारे तनाव चल्दै आएको छ। भारतले नेपाली भूभाग आफ्नो नक्सामा समेट्दै सडक निर्माण गरेपछि असन्तुष्ट बनेको नेपालले समेत ती क्षेत्र समेटिने गरी नयाँ नक्सा जारी गरिसकेको छ। नेपालले कूटनीतिक सम्बादका माध्यमबाट समस्या हल गर्ने प्रयत्न गर्दै आए पनि वार्ताको मिति तय हुन सकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.