कोभिड-१९ {अपडेट}

कोरोना संक्रमणबाट नेपालमा छैटौं व्यक्तिको मृत्यु

जेठ १६, २०७७

    काठमाडौं : कोरोना भाइरसका कारण नेपालमा छैटौं व्यक्तिको मृत्यु भएको छ। संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गर्दा मृतक पनि दैनिकजसो थपिन थालेका हुन्। 

    अर्घाखाँचीका ३५ वर्षीय पुरुषको कपिलवस्तुस्थित सीमाक्षेत्रमा मृत्यु भएसँगै यो संख्या ६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

    भारतको गुजरातबाट नेपाल आउँदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा नजिकै मृत्यु भएका ती पुरुषमा कोरोना भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार दिएका छन्। 

    अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ९ का ३५ वर्षीय उनको बाटोमा नै ज्यान गएको थियो । बसमा आएका गैरेले अत्यधिक बन्ता गरेका कारण बोल्न नसक्ने अवस्थामा थिए। 

    भारतबाट दुईवटा बस रिर्जभ गरेर आइतवार उनीसहित ९१ जना नेपाल प्रवेश गरेका थिए।  मृतक गैरेसहित उनीसँग सम्पर्कमा रहेका २ जनाको स्वाब परीक्षणका लागि भैरहवा पठाइएको छ।
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]