|

दैलेख : दैलेखमा कोरोना थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको स्वाब परीक्षणमा शुक्रबार थप १४ जनामा कोरोना पोजेटिभ देखिएको हो। 

कोरोना पुष्टि भएका सबै नारायण नगरपालिकाका हुन्। संक्रमित हुनेमा वडा नम्बर २ का एक, वडा नम्बर ३ का एक, वडा नम्बर ४ का तीन, वडा नम्बर ६ का एक, वडा नम्बर ८ का दुई, वडा नम्बर ९ का दुई, वडा नम्बर १० का दुई र वडा नम्बर ११ का दुईजना रहेका छन्। १८ देखि ५० वर्षसम्मका उनीहरु सबै पुरुष हुन्।  

प्रदेश अस्पताल सुर्खेतमा रहेको पशुपक्षी रोग अन्वेषण प्रयोगशाला र भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परिक्षणमा यसअघि दैलेखका १६ जनामा कोरोना संक्रमिमण पुष्टि भैसकेको थियो। यससँगै संक्रमितको संख्या ३० पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.