सल्यान : कुनै समय जिल्लाकै विकट र दुर्गम मानिने सल्यानको वाफुखोलाले अहिले करोडौं रुपैयाँ बराबरको आलु निर्यात गर्ने चिनारी बनाएको छ। जिल्लाको बागचौर नगरपालिका ११ र १२ वाफुखोला आलुगाउँको रुपमा चर्चित छ। वाफुखोलाकमाजताततै आलुबारी देख्न पाइन्छ।
यो गाउँबाट वार्षिक १५ करोड रुपैयाँभन्दा बढीको आलु निर्यात हुने गरेको छ। आलुखेतीबाट मनग्य आम्दानी हुन थालेपछि वाफुखोलाका बासिन्दाले अन्नबाली छाडेर आलुखेती गर्दै आएका छन्। वाफुखोलाका ८० प्रतिशत जमिनमा आलुखेती हुँदै आइरहेको छ।
कुनै बेला परिवारको गर्जो टार्न भारतका विभिन्न स्थानमा पुगेर पसिना बगाउनुपर्ने कहर खेपेका वाफुखोलावासी अहिले आफ्नै गाउँठाउँमा आलुखेती गरिरहेका छन्। थोरै जमिन हुने र कम मात्रामा आलु लगाउने परिवारले पनि एक सिजनमा कम्तिमा ५० हजार रुपैयाँ आम्दानी गर्ने गर्छन्।
कृषि विकास कार्यालय सल्यानका अनुसार वाफुखोलाको एक हजार २४० हेक्टर क्षेत्रफलमा २० हजार ६१८ मेट्रिकटन आलु उत्पादन हुने गरेको छ। यहाँ उत्पादितमध्ये धेरैजसो आलु पोखरा लैजाने गरिएको छ। सल्यानको आलु पोखरा लगेर आलुचिप्स बनाउने गरिन्छ।
तस्बिरहरू :
तपाईंको ईमेल गोप्य राखिनेछ ।