|

पर्सा : एकटाँगामा शनिबार बिहान चट्याङ लागेर एकजनाको मृत्यु भएको छ।

बिहान ८ बजे पानीसँगै आएको हावाहुरी र चट्याङ लागेर एकजनाको मत्यु भएको छ। मृतकको पहिचना नखुलेको जिल्ला प्रहरी पर्साका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए। अर्का एकजना घाइते भएका छन्।

आँप टिप्न रुखमा चढेको समयमा आएको हावाहुरी र चट्याङले उनको मृत्यु भएको भन्ने भनाइ छ। एकटाँगा प्रहरी चौकीबाट गएको प्रहरी टोली घटनास्थल जाँदै गएको प्रहरी नायब उपरीक्षक शाहीले बताए। 

स्थानीयले भने मृत्यु भएका स्थानीय ४२ बर्षीय रामबाबु महतो रहेको जनाएका छन्। बेहोस भएका अर्का व्यक्ति लालबाबु महतो रहेको उनीहरुको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.