|

कपिलवस्तु : कपिलवस्तुमा आज(शनिबार) ७७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या २ सय ६५ पुगेको छ। 

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार महाराजगंज नगरपालिकामा वर्ष १६ देखि ४५ सम्मका ३३ जना पुरुष र कृष्णनगर नगरपालिकामा वर्ष १६ देखि ४५ सम्मका पुरुष छन्। 

यसै गरी यशोधरा गाउँपालिकामा १६ वर्ष देखि ४८ वर्ष सम्मका पुरुष २६ जना र वर्ष २५ र १९ का महिला २ जना छन्। जिल्लामा हिजो शुक्रबार मात्र ५२ जना कोरोना संक्रमित थपिएका थिए। नेपालमा (शनिबार दिउँसाेसम्म) १ हजार २ सय १२ काेराेना स‌क्रमण पुष्टि भइसकेका छन्। जसमध्ये २ सय ६५ जना त कपिलवस्तुकै छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.