|

काठमाडौं : शनिबार राति धादिङलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शनिबार राति ९ बजेर ३६ मिनेटमा धादिङको सुनौला बजार केन्द्रबिन्दु बनाएर ४.८ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो। 

नेपालमा ४ म्याग्निच्यूडसम्मका भूकम्पको धक्का निरन्तर महसुस हुने गरेको छ। गोरखा भूकम्पपछि नेपालमा सानातिना परकम्प अझै पनि रोकिएका छैनन्। शनिबारको भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.