कालिकोटमा भेटिए नयाँ संक्रमित
कालिकोटमा भेटिए नयाँ संक्रमित
दैलेख : कर्णाली प्रदेशमा कोरोनाका १९ जना नयाँ संक्रमित थपिएका छन्। शनिबार साँझ थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआर परीक्षणमा १९ जनामा कोरोना पुष्टि भएको हो।
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितका संख्या ७८ पुगेको छ। शनिबारै दैलेखको दुल्लु नगरपालिकान-११ का ४० वर्षीय एक पुरुषको मृत्यु भएको छ। शनिबार रातिसम्म कर्णालीमा संक्रमितको ७८ पुगेको छ।
शनिबार साँझ थपिएका १९ जनामध्ये शुभगाउँपालिका-५ कालिकोटका १९ वर्षीय पुरुष, त्यही ठाउँका ५० वर्षीय पुरुष, २६ वर्षीय पुरुष शुभकालिका गाउँपालिका-४ का २० वर्षीय पुरुष, २२ वर्षीय पुरुष, महाबै गाउँपालिका-२ का ४२ वर्षीय पुरुष, महाबै-७ का ५२ वर्षीय पुरुष, महाबै-२ का २१ वर्षीय पुरुष, शुभकालिका-५ कालिकोटका २१ र ४० वर्षीय पुरुष रहेका छन्।
यस्तै कालिकोटकै शुभकालिका-५ का २२ वर्षीय पुरु शुभकालिका-५ का २४ वर्षीय पुरुष शुभकालिका-४ का २० वर्षीय पुरुष शुभकालिका-५ कालिकोटकै ३५ वर्षीय पुरुष शुभकालिका-५ का २२ वर्षीय पुरुष, महाबै-५ का २० वर्षीय पुरुष र महाबै-७ का ३३ वर्षीय पुरुष रहेका छन्।
शनिबारै मुत्यु भएका दैलेखको दुल्लु नगरपालिका-११ का एकजना र बाजुराका एकजनासहित कर्णाली स्वास्थ्य विज्ञान प्रष्तिठान जुम्लाको प्रयोगशालामा शनिवार साँझ १९ जनामा कोरोना पुष्टि भएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।