|

गुल्मी : गुल्मीमा क्वारेन्टाइनमा बसेका एक पुरुषले आत्महत्या गरेका छन्। जिल्लाको छत्रकोट गाउँपालिका ४ आर्दश माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका ५६ वर्षका चन्द्रबहादुर परियारले शनिबार साँझ देहत्याग गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्र सिंह खड्काका अनुसार, साँझ खाना खाने समयमा शौच गर्न भनी उनी निस्केका थिए। नजिकै रहेको रुखमा गम्छाले पासो लगाई झुन्डिएर उनले आत्महत्या गरेका हुन्। 

शवलाई पोस्टमार्टमका लागि गुल्मी अस्पताल ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उनी सोही वडा ४ को भएका र शनिबार (आजै) बिहान भारतबाट आएका हुन्।। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.