|

धनकुटा : धनकुटाका क्रियाशील ३३ जना पत्रकारको सामूहिक कोरोना बिमा गरिएको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखाको समन्वयमा जनज्योति बचत तथा ऋण सहकारी संस्थाले बिमा गरिदिएको हो।

कोरोना महामारीका बेला खटिएका ३३ जना पत्रकारको एक–एक लाख रुपैयाँको वार्षिक बिमा गरिएको पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राईले जानकारी दिए। बिमाका कारण अग्रपंक्तिमा रहेर पत्रकारिता गरिरहेका पत्रकारलाई हौसला मिलेको उनले बताए।

शनिबार बिमालेख हस्तान्तरण गर्दै सहकारीका अध्यक्ष विकास घिमिरेले महामारीका बेला स्वास्थ्य, सुरक्षा र सञ्चार अग्रपंक्तिमा रहेर खटिएको पनि सञ्चारबाहेकको क्षेत्रलाई मात्रै राज्यले सेवा सुविधाको व्यवस्था गरेको बताए। त्यसैले अग्रपंक्तिमा खटिएर काम गर्ने पत्रकारहरुको बिमा गरेको उनले बताए। सहकारीका अध्यक्ष घिमिरे धनकुटा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष समेत रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.