जनकपुरधाम : प्रदेश २ मा कोरोना भाइरस संक्रमण बढ्दै गएको छ । आइतबार मात्रै ६० कोरोना संक्रमित थपिएका छन्।
सबैभन्दा बढी रौतहटमा २९ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै धनुषामा २१ जना र सर्लाहीमा १० जना थपिएका प्रदेश २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ।
रौतहटका २९ संक्रमित मध्ये दुर्गाभगवती क्वारेन्टाइनका ८ जना, मदरसा क्वारेन्टाइनका १० र गौर क्वारेन्टाइनका ११ जना छन् । धनुषा मुखियापट्टी मुसहरनिया क्वारेन्टाइनका ११ जना, गोपाल धर्मशाला क्वारेन्टाइनका ९ जना र गणेशमान चारनाथ क्वारेन्टाइनका १ जना छन्।
यस्तै सर्लाहीका हरिपुर नगरपालिकाका ७ जना र बहम्पुरी गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमित सबै २० देखि ५५ वर्ष उमेर समूहका रहेका बताइएको छ। थपिएका सबै संक्रमितलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।