गृहमन्त्रीले भने : कोही पनि दोषीले उम्किन पाउँदैनन्

|

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा 'बादल'ले रुकुम पश्‍चिममा पाँचजनाको ज्यान जाने गरि भएको हत्याकाण्डका दोषीलाई कारवाहीको दायरामा ल्याउने कुरामा ढुक्क हुन आग्रह गरेका छन्।

आइतवार गृहमन्त्रालयमा रुकुम पश्‍चिम  घटनाको छानबिन गर्नुपर्ने माग गर्दै सांसद, दलितसम्वद्ध संघसंस्थाका प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले घटनाका दोषीलाई कानुनी कठघारामा ल्याउन सरकार कटिवद्ध रहेको बताए। उनले दोषीलाई कडाभन्दा कडा कारवाही गर्न गृहमन्त्रालय प्रतिवद्ध रहेको भन्दै शंका नगर्न आग्रह गरेका छन्। 

उनले घटनाबारे गृह मन्त्रालयले गठन गरेको छानबिन समिति घटनास्थल पुगेर छानबिन सुरु गरिसकेको जानकारी दिँदै  सत्यतथ्य जानकारी ल्याउने विश्वास व्यक्त गरेका छन्। 

उनले छानबिन समितिलाई कसैले प्रश्‍न उठाउन नसक्नेगरि काम गर्न सचेत गराइएकोसमेत जानकारी दिए। थापाले घटनाका आरोपीलाई पक्राउ गरिसकिएको जानकारी दिँदै अन्य व्यक्तिको समेत खोजी भइरहेको बताए। 

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले पनि छानबिन गरिरहेको थापाले बताए। स्थानीय प्रहरीको अनुसन्धानमा सघाउन  केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)को समेत छुट्टै टोली छानबिनका लागि पठाउनेबारे  छलफल भइरहेको उक्त  प्रतिनिधि मण्डललाई थापाले जानकारी दिए।

घटनाबारे शनिबार बसेको मन्त्रिपरिषद्‍मा पनि छलफल भएको जानकारी दिँदै थापाले जातीय उत्पीडनको अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताए। उनले यस्ता घटनामा संलग्‍नलाई कडा कारवाही गर्न सरकार पछि नपर्ने स्पस्ट पारे। थापाले जातीय उत्पीडन अन्त्यका लागि आआफ्नो ठाउँबाट  भूमिका खेल्न प्रतिनिधिमण्डलका सदस्यलाई  पनि आग्रह गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.