|

हेटौंडा : बागमती प्रदेशको राजधानी रहेको हेटौंडामा स्वाब रिपोर्ट १० दिनपछि आएपछि ३ जना घर फर्केका छन्। हेटौंडा ४ मा रहेको कर्राको आइसोलेसनमा रहेका ३ जना रिपोर्ट नेगेटिभ आएपछि घर गएका हुन्। 

जेठ ९ गते हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा उनीहरुको स्वाब परीक्षण गर्दा प्राविधिक समस्या देखिएको भन्दै थप परीक्षणका लागि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकलमा स्वाबको पठाइएको थियो । 

तर रिपोर्ट आउन ढिला भएपछि हेटौंडाकै प्रयोगशालामा परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएपछि आइतबार घर पठाइएको आइसोलेसनका इन्चार्ज तथा जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए। 

भारतबाट फर्किएका तीन जना हेटौंडा ४ स्थित कर्रामा रहेको आइसोलेसन वार्डमा रहेका थिए । 

थपियो क्वारेन्टाइन 

भारतबाट फर्केका संख्या र कोरोना संक्रमित बढ्न थालेपछि हेटौंडामा क्वारेन्टाइन  बढाउन थालिएको  छ । यसअघि रहेको हेटौंडा ऐकेडमीबाहेक हेटौंडा १० मा रहेको गोरक्षश्वर र हेटौंडा वन विज्ञान अध्ययन संस्थानमा थप गरिएको छ। 

मकवानपुर गढीको सामरीमा रहेको नेपाली सेनाको क्वारेन्टाइन भने हटाइएको छ । शिविरको रुपमा रहेको क्वारेन्टाइन प्रभावकारी नहुने भन्दै हटाइएको हो ।हेटौंडा १० मा रहेको गोरक्षश्वरमा निर्माण गरिएको क्वारेन्टाइनमा भारतबाट मकवानपुर फर्किएकालाई राखिएको छ।चौलागाईका अनुसार गोरक्षश्वरमा २ जना छन्।  

१० वटै स्थानीय तहमा क्वारेन्टाइन 

मकवानपुरका १० वटै स्थानीय तहमा क्वारेन्टाइन निर्माण गरिएकाले अब हेटौंडाकालाई मात्र यस क्वारेन्टाइनमा राखिने चौलागाईले बताए। भारतबाट नेपाल फर्कने र जिल्लामा फर्कने को सख्या दिनहुँ बढेकाले अब क्वारेन्टाइनमा राखेर स्वाब टेस्ट गरेपछि मात्र घर पठाउने गरिन्छ।

हेटौंडा आइसोलेसनमा अहिले ५ जना छन्। आइसोलेसनमा ३ जना भारतबाट फर्केका र २ जना काठमाडौंबाट फर्केकालाई राखिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.