|

दाङ : दाङमा थप नौजनामा कोरोना पोजिटिभ देखिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परीक्षणमा आइतबार तुलसीपुर उपमहानगरपालिकाका पाँच, गढवा गाउँपालिकाका दुई, राप्ती गाउँपालिकामा एक र लमही नगरपालिकाका एकजनामा कोरोना पुष्टि भएको हो। 

तुलसीपुर–६ का २० वर्षीय पुरुष, वडा नम्बर १५ का ३२ वर्षीय पुरुष, र वडा नम्बर १६ का १८, २०, २३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ।  त्यसैगरी गढवा–६ का ३६ वर्षीय पुरुष र वडा नम्बर ७ का २४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिए।  

त्यसैगरी  लमही–१ का ४० वर्षीय पुरुष र राप्ती–८ का ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। योसँगै दाङमा संक्रमितहरुको संख्या ३४ पुगेको छ भने एक जना निको भएर घर पर्किएका छन् । दाङका संक्रमितहरु सबै भारतबाट भरखरै मात्र आएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.