|

म्याग्दी : हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणसंगै डेंगु र स्क्रव टाइफसको संक्रमण समेत बढ्दै जान थालेको छ।

आइतवार (हिजो) थप दुई जनामा डेङ्गु र स्क्रव टाइफस पोजेटिभ देखिएको बेनी अस्पतालले जनाएको छ। यो संगै म्याग्दीमा डेङ्गु संक्रमितको संख्या १२ पुगेको छ भने स्क्राव टाइफस संक्रमितको संख्या ५ पुगेको छ।

बेनी नगरपालिका–६ जरबुटा स्थित थाकनपोखरीकी ५४ वर्षीया महिलामा डेङ्गु हेमोरोजिक फिवर (ज्वरो) र स्क्राव टाइफस तथा मंगला गाउँपालिका–५ छिस्बाङ्गकी ४९ बर्षिया महिलामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए । समयमै उपचार नहुँदा डेङ्गु विकसित भई हेमोरोजिक फिवरको रुपमा देखा पर्दछ।

उनका अनुसार थाकनपोखरीकी महिलामा देखिएको डेङ्गु हेमोरोजिक फिवर (ज्वरो) पोजेटिभ म्याग्दीमा पहिलो हो। थाकन पोखरीकी ५४ बर्षिया महिलालाई थप उपचारका लागि पोखरा स्थित मणिपाल अस्पताल रिफर गरिएको सुचना अधिकारी सुुवेदीले जानकारी दिए।

यस अघि जिल्लाको मंगला गाउँपालिका–५ अर्मनका १७ बर्षिय पुरुषमा पनि स्क्रव टाइफस र डेङ्गु पोजेटिभ देखिएको थियो। छिस्बाङ्गकी ४९ बर्षिया महिलालाई थप उपचारका लागि बेनी अस्पतालमा भर्ना गरिएको छ। ४९ वर्षीया महिला बैशाख २८ मा पोखराबाट घर फर्किएकी थिइन्। 

उपचारार्थ अस्पताल आएका ती दुई महिलामा अधिक ज्वरो आउने, टाउको दुख्ने, जोर्नी दुख्ने ज्वरोलगायतका समस्या देखा परेको थियो।  लामखुट्टेको टोकाइबाट डेङ्गु संक्रमण हुने अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा.अमृत अधिकारीले बताए।

स्क्रव टाइफस मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट)को टोकाईबाट मानिसमा सर्ने अस्पतालका मेडिकल सुपरी टेण्डेन्ट अधिकारीले जानकारी दिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.