|

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले हाइटी फुटबल संघ (एफएचएफ)का अध्यक्ष येवेस जीन बार्टलाई निलम्बन गरेको छ। 

एफएचएफले राष्ट्रिय प्रशिक्षण केन्द्रमा महिला खेलाडीको यौन शोषणको आरोपमा उनलाई ९० दिनका लागि निलम्बन गरेको हो। तर, ७३ वर्षीय बार्टले भने आफूमाथि लागेको आरोप निराधार भएको दाबी गरेका छन्। यद्यपि, उनीमाथि राजधानी पोर्ट ओ प्रिन्सको बाहिरी भागमा रहेको प्रशिक्षण केन्द्रमा पछिल्लो पाँच वर्षमा धेरै महिला फुटबलरमाथि बलत्कार गरेको गम्भीर आरोप लागेको छ।

फिफाले एक विज्ञप्ती जारी गर्दै फिफाको आचार संहिता अनुसार धारा ८४ र ८५  अनुसार उनलाई अस्थायी प्रतिबन्ध लगाइएको हो। उनी प्रतिबन्धको अवधिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल गतिविधिमा सहभागी हुन पाउने छैनन्। प्रतिबन्ध तत्कालै लागू हुने पनि फिफाले जनाएको छ।

बार्टमाथि लागेको आरोपको हाइटी पुलिसले अनुसन्धान गरिरहेको छ। पछिल्लो महिनाको अन्तिममा उनीमाथि बलात्कारको आरोप लागेको थियो। त्यसपछि फुटबल संघसँग सम्बन्धित धेरै कर्मचारीहरुमाथि सोधपुछ गरिएको थियो।

अप्रिलमा ‘द गार्जियन’मा उनीविरुद्ध एक रिपोर्ट प्रकाशित भएको थियो। जुन रिपोर्टमा अध्यक्ष बार्टले धेरै नाबालिग केटीहरुसँग जबर्जस्ती सम्बन्ध राखेको र यो बीचमा कम्तीमा दुई किशोरीले गर्भपतन गराएको समाचार प्रकाशित भएको थियो। जसले गर्दा उनीमाथि निलम्बन गर्न र अनुशन्धान गर्न दबाब बढेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.