|

 जुम्ला :  भारतबाट जुम्ला भित्रिएका ३५ जना बसपार्कबाटै आ-आफ्नो गाउँ फर्केका छन्। भारतबाट आएका चन्दननाथ नगरपालिकाका १२ जना र तातोपानी गाउँपालिकाका २३ जना आइतबार साँझ गाउँ फर्किएका हुन्। 

जुम्लामा क्वारेन्टिन व्यवस्थापन नहुँदा भारतबाट आएका सिधै गाउँ गएकाे  नागरिक समाजका अध्यक्ष राजकुमार महतले बताए। जिल्ला विपद व्यवस्थापन समितिको निर्णय कार्यान्वयन हुन नसकेको कारण समस्या आएको महत बताउँछन्।  भारतबाट आएका नागरिक एकाएक आफ्नो गाउफर्के पछि जुम्लामा जोखीम बढेको छ। 

महतकाअनुसार आइतबार जुम्ला आइपुगेको बस  प्रहरीले छोडिदिएपछि  उनिहरु आफ्नो घर गएका थिए।  जुम्लामा अहिले भारतबाट आएका मानिसहरुको संक्रमण बढेको छ। उनिहरुलाई बस्ने व्यवस्थानै नभएर गाउँ छिरेपछि जुम्लामा ठूलो त्रास फैलिएको छ।

‘उनिहरु कता गए भन्ने थाहा भएको छैन,  जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले भने,  क्वारेन्टिन नहुँदा कता राख्ने भन्ने अन्यौल भयौ।’ 

आइतबार मात्रै जुम्लामा दुई प्रहरीसहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.