|

संखुवासभा : लामो समयदेखि भएको लकडाउनका कारण अप्ठ्यारोमा परेका दैनिक ज्याला मजदुरी गर्ने सर्वसाधरणलाई युवाहरुले खाद्यान्न सहयोग गरेका छन्। 

निर्माण व्यवसायी संघ संखुवासभाका महासचिव तथा अरुण बरुण निर्माण सेवा कम्पनी प्रालिका प्रबन्धक मिगुर शेर्पाले जेठ ६ मा गतेखाँदबारी नगरपालिकालाई १५० बोरा चामल हस्तान्तरण गरे। लकडाउनका कारण खानमा समस्या भएका नागरिकहरुलाई हस्तान्तरण गरिदिन भन्दै शेर्पाल् एकद्वार प्रणालीमार्फत नगरपालिकालाई चामल उपलब्ध गराएका हुन्।

यस्तै, जेठ १३ मा राष्ट्रिय युवा संघ नेपाल संखुवासभाका सहसंयोजक धु्रुव खड्का तथा युवा नेता सागर घिमिरे लगायतले खाँदबारी नगरपालिकालाई ६० बोरा चामल उपलब्ध गराएका छन्। त्यस्तै, खाँदबारी नगरपालिकालाई मिङ्मा शेर्पाले १२० बोरा, अरुण वरुण सहकारी सस्थाका युवाहरुले ५० बोरा र प्रभु बैंक खाँदबारी शाखाले १२ बोरा चामल उपलब्ध गराएको छ। 

महामारीको यो अवस्थामा मजदुर वर्ग विशेष गरी मारमा परेको भन्दै आफूहरुले उनीहरुको जीवन निर्वाहमा केही सहज होस् भनेर राहत स्वरुप चामल उपलब्ध गराएका युवा संघका संखुवासभा संयोजक खड्काले बताए।

यस्तै, पाँचखपन नगरपालिकालाई पनि केही समय अघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेताहरुको सक्रियतामा एक लाख ६४० रुपैयाँ बराबरको ७४ बोरा चामल उपलब्ध गराएको नेकपा पाँचखपन नगरपालिकाका सचिवालय सदस्य दुर्गा निलम श्रेष्ठले बताए। एकद्वार प्रणालीमार्फत राहत वितरण गर्नुपर्ने भएकाले नगरपालिकालाई राहत सामाग्री हस्तान्तरण गरिएको श्रेष्ठले बताए। 

पाँचखपन–२ घर भइ हाल जापानमा रहेका मुकुन्द दाहालले पनि एक लाख २० हजार रुपैयाँको ८० बोरा चामल पाँचखपन नगरपालिका वडा नम्बर २ लाई उपलब्ध गराएका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.