|

बाँके : नेपालगञ्जबाट सल्यान तर्फ जाँदे गरेको सवारी दुर्घटनामा निधन भएका १२ जनाको स्वाब संकलन शुरु भएको छ। 

मृतकको शव भेरी अस्पतालमा ल्याएर स्वाब संकलन शुरु गरिएको भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए। कोरोना रिपोर्ट आएपछि मात्र शव आफन्तलाई बुझाइने उनको भनाइ छ। 

बाँके दुर्घटना अपडेट :  मृत्यु हुनेको संख्या १२ पुग्यो

गएराति भारतबाट आएकालाई लिएर नेपालगञ्जबाट सल्यानका लागि जाँदै गरेको ना ५ ख ५९९५ नं. को फोर्स हाइस बस कोहलपुर–लमही सडक खण्ड अन्तरगत राप्तीसोनारी गाउँपालिकाको ठुरे जंगलमा दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको थियो।

बाँकेमा दुर्घटना, ११ जनाको मृत्यु, २२ घाइते

बसमा चालकसहित ३३ जना सवार रहेको बाँके प्रहरीले जनाएको छ। दुर्घटनामा चालक, सह–चालक, कन्डक्टरको पनि घटना स्थलमै मृत्यु भएको प्रहरी चौकी शमशेरगन्जका इन्चार्ज प्रहरी सहायक निरीक्षक कुमार केसीले जानकारी दिए। घाइते २१ जनाको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.