|

एजेन्सी : कोरोना भाइरसको महामारीका कारण रोकिएको स्पेनिस लालिगामा बार्सिलोनाले आफ्नो उपाधि रक्षा अभियान १३ जुनबाट सुरु गर्दै छ।  रियल मालोर्कासँग लकडाउनपछि पहिलो खेल खेल्दै बार्सिलोना मैदान फर्कन लागेको हो। 

कोरोना महामारीका कारण ला लिगा १२ जुनबाट स्थगित भएको थियो । प्रधानमन्त्री पेड्रो साञ्चेजले घरेलु फुटबल सुरु गर्ने औपचारिक घोषणा गरेपछि स्पेनको शीर्ष डिभिजनको ला लिगा दर्शक विहिन रुपमा मैदान फर्कन लागेको हो।

अवरुद्ध लिगको सुरुवाती खेल भने १२ जुनमा रियल बेटिस र सेभिल्लाबिचको खेलबाट सुरु हुने छ। बार्सिलोनाले लिगमा रियल मड्रिडसंग २ अंकको अग्रता बनाएको छ। रियलले लकडाउन पछिको पहिलो खेल १४ जुनमा एईबरसंग प्रतिस्पर्धा बाट सुरु गर्ने छ।

यस्तै, बार्सिलोनाले जुन १६ मा लेगानेसलाई घरेलु मैदानमा निम्त्याउने छ। रियलले जुन १८ मा घरेलु मैदानमा भ्यालेन्सियासंग प्रतिष्पर्धा गर्ने छ।

आयोजकले सुरुवाती दुई चरणको मात्र खेल तालिका सार्वजनीक गरेको छ। लालिगाका अध्यक्ष जाभियर ताबेसले जुलाई १९ मा प्रतियोगिता सकिनु अघि हप्तामा हरेक दिन खेल हुने बताए।

युरोपको शीर्ष ५ लिग फुटबलमा कोरोना महामारीपछि सुरु हुन लागेको ला लिगा दोस्रो प्रतियोगिता हो। यसअघि बुन्डेसलिगा मेबाट सुरु भईसकेको छ। यस्तै, प्रिमियर लिग समेत १७ जुनबाट सुरु गर्ने तयारी गरिएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.