|

कञ्चनपुर : क्वारेन्टाइन व्यवस्थापनमा खटिएकै अवस्थामा हृदयघातका कारण मृत्यु भएका कृष्णपुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष कल्लु रानाको परिवारलाई नगरपालिकाले पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय गरिएको छ।

नगरपालिकाको सोमबार बसेको ५३औं कार्यपालिकाको बैठकले वडाध्यक्ष रानाको आश्रित परिवारलाई उक्त रकम सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख कर्णबहादुर हमालले जानकारी दिए।

उनले भने, ‘संघीय र प्रदेश सरकारसँग समेत आर्थिक सहयोग उपलव्ध गराई दिनका लागि पहल गर्छौं।’ वडाध्यक्ष रानाको जेठ १३ मा भारतबाट फर्केकाहरुलाई राख्नका लागि क्वारेन्टाइन व्यवस्थापनको कार्यमा खटिएकै बेला मृत्यु भएको थियो। 

यसैगरी, नगरपालिकाको कार्यपालिकाको बैठकले कोरोना भाइरसको संक्रमण रोकथामका लागि नगरपालिकाका नौवटै वडामा स्थापना गरिएका सबै क्वारेन्टाइनहरुमा बसेका नागरिकहरुलाई दुई छाक खाना र एक पटक खाजाबापत प्रतिव्यक्ति प्रतिदिन २५० रुपैयाँका दरले रकम उपलव्ध गराने निर्णय गरेको छ।

क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई प्रतिव्यक्ति म्याट, झुल, साबुन, मास्क र आवश्यक पर्ने सामग्रीहरु तत्काल उपलव्ध गराउने र  प्रतिकोठामा पाँच सय मिलिलिटरको सेनिटाइजर, स्टरलाइजर लिक्विड, हरपिकलगायत सामग्रीहरुको व्यवस्था गर्ने निर्णय गरिएको छ।

यस्तै, क्वारेन्टाइनमा स्वयंसेवका रुपमा ५० जनालाई खटाउने पनि निर्णय गरेको छ। नगर प्रमुख हमालले भने, ‘प्रति क्वारोन्टाइनमा दुईदेखि तीन जनाका दरले स्वयंसेवक परिचालन गरिने छ।’ क्वारेन्टाइनमा बसेकाहरुको कोरोना परीक्षणका लागि आरडिटी किट खरिद गर्ने निर्णय समेत गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.