|

सल्यान : सल्यानमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो।

कोरोना पोजेटिभ देखिएका सबै बनगाड कुपिण्डे नगरपालिकाका रहेका छन्। संक्रमितहरु नगरपालिकाको वडा नम्बर १, ३, ५, ६ र ७ वडाका हुन्।

वडा नम्बर १ का  ३४ र ४० वर्षीय, वडा नम्बर ३ का २२ र २८ वर्षीय र  वडा नम्बर ५ का २१, २८ र ३६ वर्षीय पुरुष रहेका छन्। यस्तै वडा नम्बर ६ का २३  र वडा नम्बर ७ का २० र २१ वर्षका पुरुष रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए। योसँगै सल्यानमा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ।

यस नगरपालिकामा मात्र १२ सयभन्दा बढी नागरिक क्वारेनटाइनमा रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.