काठमाडौं : नेपाली कांग्रेसका सांसद अमेरशकुमार सिंहले कोरोना भाइरस नियन्त्रणको बहानामा सरकारले जनता दबाउन नेपाली सेनालाई उतार्न खोजिएको आरोप लगाएका छन्।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै उनले विपद व्यवस्थापनको काम गृहमन्त्रालयको ऐनले निर्धारण गर्ने भए पनि सरकारले सेना परिचालन गरेकोमा असन्तुष्टि व्यक्त गरे।
'नेपाली सेनामार्फत जनतालाई दबाएर लोकतन्त्र कमजोर बनाउन खोजिएको छ', उनले भने, 'विश्वका अन्य मुलुकहरुले कोरोना नियन्त्रणका लागि सेना परिचालन गरेका छैनन्। नेपालमा कोरोनाको नाममा सेना निकाल्न उचित हुन्छ कि हुँदैन? छलफल हुनुपर्छ।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।